थाहानगर/१४ पुस
मकवानपुरको दामनमा बुधबार विहानदेखि हिमपात भएको छ । २२ सय मिटर बढीमा हिमपात भएकोले दामन, घर्तिखोला, देउराली, टिष्टुङ आसपासका डाडाहरु सेताम्य भएका छन् । 
दामनमा विहान साढे ५ बजेदेखि हिमपात सुरु भएको हो । पानोरोमा मोडदेखि माथि भने सडकमै हिउँ जम्न थालेको छ । सडकमा हिउँ जमेका कारण पालुङ-हेटौंडा यातायात अवागमन अवरुद्द भएको छ । स्थानीयका अनुसार विहानै हिउँमा चिप्लिएर एउटा गाडी नालीमा फसेको छ । 
दामनमा हिउँ परेपछि प्रकृति प्रेमीहरुको भीड लाग्न सक्ने होटल व्यवसायीहरुको अपेक्षा छ ।
यता, दामनमा हिमपात र पालुङमा सिमसिमे पानी परेपछि यहाँका शैक्षिक संस्थाहरुको पठनपाठन प्रभावित भएको छ । विहानैदेखि पानी परेपछि जनकल्याण मावि, पालुङ भ्याली हार्ट एकेडेमीलगायतले विहानी कक्षा बिदा गरेको छ । 
यसैगरी, आज धेरैजसो विद्यालयहरुले दिवा कक्षा समेत बिदा गरेका छन् । दिवा कक्षा सञ्चालन गरेको भ्याली हार्टमा पनि धेरै विद्यार्थी अनुपस्थित रहेको विद्यालयले जनाएको छ ।
तस्वीरहरु: दामनबाट सुजन खत्री
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments