Byroad News

Loading...

जीप दुर्घटनामा पाँचको मृत्यु, दुई घाइते


जीप दुर्घटनामा पाँचको मृत्यु, दुई घाइते

रौतहट/१३ पुस
रौतहटमा जन्ती बोकेको जीप (स्कोर्पियो) दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिनुभयो । मंगलबार अपरान्ह ४:१० बजेतिर दुर्घटना भएको हो ।

उक्त जीपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका प्रहरीले बताएको छ । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताउनु भयो। 

उहाँका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिसकेको छैन । 

Comments

KATHMANDU WEATHER