Byroad News

Loading...

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा अधिकारी


प्रेस चौतारी मकवानपुरको अध्यक्षमा अधिकारी

हेटौंडा/९ पुस
प्रेस चौतारी नेपाल, मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी चयन भएका छन् । 

प्रेस चौतारी मकवानपुरको आज (शुक्रबार) मकवानपुरगढीमा भएको आठौँ जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा ३१ सदस्यीय कमिटी निर्माण भएको हो ।

कमिटिको उपाध्यक्षमा पुष्पराज अधिकारी र सम्झना रिजाल, सचिवमा रुपक कालिराज चयन भएका छन् । सह–सचिवमा दिपकसिंह रुम्बा तथा रविन ढुंगना र कोषाध्यक्षमा प्रतिक्षा न्यौपाने चयन भएकी छिन् ।

कमिटीको सदस्यहरुमा सुमन दाहाल, निशा गुरुङ, सुशन लामिछाने, सरोज पौडेल, सुजन पुडासैनी, अनिष चौँलागाई, मनिता राना, पुष्पा कार्की, रामकुमार दानी, सुनिता विष्ट, सपना अधिकारी, रञ्जन पौडेल, अमिता लामिछाने, स्किृति न्यौपाने, समिर सिलवाल चयन भएका छन् । 

त्यसैगरी जेनिसा घिमिरे, स्वस्तिका अर्याल, भूपेन्द्र रानामगर, अजिता नगरकोटी, शहनशिला ढकाल, बासुदेव विष्ट, विजु तिमल्सिना, जीवन पाख्रीन र संजिव रसाईली चयन भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा धर्मेन्द्र दाहाल, दिपेन्द्र रोक्का, अशेष ढुंगना, नानीमाया सापकोटा र शान्ति विश्वकर्मालाई चयन गरेको छभने प्रदेश प्रतिनिधिमा सुनिल गौतम, मनिल महत्तो, दिपेश दाहाल र प्रतिक्षा न्यौपानेलाई चयन गरेको छ ।

प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको अधिवेशनले स्वर्गीय प्रेमनाथ चौँलागाई स्मृति पत्रकारिता पुरस्कारबाट नगद ११ हजार १ सय ११ रुपैँया सहित प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य सरिता दाहाललाई पुरस्कृत गरेको थियो । अधिवेशनमा प्रेस चौतारी नेपाल मकवानपुरका संस्थापक उपाध्यक्ष ध्रुवप्रसाद चौँलागाई तथा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरिप्रसाद हुँमागाईलाई सम्मान गरिएको छ ।

बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, प्रेस चौतारी नेपालका केन्द्रीय उपमहासचिव एवम् बागमती प्रदेश इन्चार्ज हिरामान लामा, एमाले मकवानपुरका सचिवालय सदस्यहरु नविन सिग्देल, हिदम लामा, सुनिल मोक्तान, एमाले बागमती प्रदेशका प्रचार विभाग सदस्य उज्वल चौँलागाई, प्रेस चौतारी नेपालका बागमती प्रदेश सह–संयोजक प्रकाश दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणीराज गौतम, प्रेस चौतारीका केन्द्र तथा बागमती प्रदेश कमिटीका सदस्यहरु, प्रेस युनियन मकवानपुरका सचिव केशव समर्पण लगायतको आतिथ्यता रहेको थियो ।

Comments

KATHMANDU WEATHER