थाहानगर/९ पुस
थाहा नगरपालिका-४ दामन नयाँगाउँस्थित सहारा रिसोर्टले व्यवसाय सुरुवातको एक वर्ष पूरा भएको अवसरमा १८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
थाहानगरस्थित मत्स्य नारायण माविका ५ जना, सरस्वती आधारभूत विद्यालयका ५ जना र घाटदेवी आधारभूत विद्यालयका ८ जना गरी १८ जना विद्यार्थीलाई एक वर्षका लागि पुग्नेगरी छात्रवृत्ति स्वरुप स्टेशनरी सामग्री उपलब्ध गराइएकाे रिसाेर्टका सञ्चालक राजाराम कार्कीले बताउनु भयो । उनीहरुलाई आवश्यकता अनुसार आउदो शैक्षिक सत्रदेखि विद्यालय भर्ना, कितावकापी, अन्य सामग्री लगायत कक्षा १० सम्म सहयाेग गर्ने कार्कीले बताउनु भयो ।
रिसाेर्टले गरीव, असहायहरुका लागि प्रतिदिन १०० रुपैयाँकाे दरले जम्मा गरेकाे ३६५०० रुपैयाँबाट सहयाेग कार्यक्रम गरिएकाे हो । रिसोर्टले आजैदेखि रिसोर्टमा डोनेशन बाकस समेत राखिएको छ । १८ विद्यार्थी बाहेक आर्थिक अभावमा आफ्नो अध्ययन पूरा गर्न नसकेका जोकोही पनि विद्यार्थीलाई उनको पढाइका लागि आवश्यक सहयोग गरिने जनाएको छ ।
रिसोर्टले आगामी माघ ७ गते सहारा क्वीज (हाजिरीजवाफ) प्रतियाेगिता आयाेजना गरिने छ । हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेलाई ५५५५ रुपैयाँ र द्वितीय हुनेलाई ४४४४ रुपैयाँ नगद पुरस्कार राखिएको छ ।
-
23 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments