Byroad News

Loading...

माओवादी राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधिले भाग लिने


माओवादी राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधिले भाग लिने

काठमाडौं/७ पुस
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ । 

बुधबार पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिनुभयो । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । 

महराले राष्ट्रिय सम्मेलनको प्रचारप्रसार पनि तीव्र पारिएको बताउनु भयो । भक्तपुर, ललितपुर र काठमाडौमा गेट बनाउने, आकाशे पुलमा ब्यानर राख्ने लगायतका काम सुरु भएको छ ।  सम्मेलनमा प्रदेश, सल्लाहकार, विभाग, आयोग, जेष्ठ मञ्च, भ्रातृ संगसंगठनलगायतबाट समेत गरी करिब १५०० प्रतिनिधि सहभागी हुनेछन् । 

Comments

KATHMANDU WEATHER