Byroad News

Loading...

एमसीसी खारेजीको माग गर्दै हेटौंडामा प्रदर्शन


एमसीसी खारेजीको माग गर्दै हेटौंडामा प्रदर्शन

हेटौंडा/६ पुस
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ ।

आज मंगलबार दिउँसो हेटौंडाको सिमाचोकमा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, नेकपा मसाल मकवानपुर, देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर र राष्ट्रिय जनसरोकार मञ्च नेपाल मकवानपुरको संयुक्त आयोजनामा एमसीसी खारेजीको माग राख्दै प्रदर्शन भएको हो ।

प्रदर्शनमा उल्लेखनीय विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुले नो एमसीसी, रिजेक्ट एमसीसी, राष्ट्रिघाती एमसीसी खारेज गर लगायतको प्ले कार्ड बोकेका थिए ।

प्रदर्शनलाई विप्लव मकवानपुरका ईन्चार्ज नयन र नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरका इन्चार्ज सागरले सम्बोधन गरेका थिए । उनीहरुले एमसीसी राष्ट्रहित नभएको भन्दै सरकारलाई एमसीसी फिर्ता गर्न आग्रह गरेका छन् ।

उनीहरुले सरकारले एसीसी सम्झौता प्रक्रिया अगाडि बढाए कडा अन्दालन गर्ने चेतवनी समेत दिएका छन् ।

Comments

KATHMANDU WEATHER