भीमफेदी/५ पुस
अनावरण गर्न नपाउँदै चोरी भएको मकवानपुरको लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक सोमबार अपरान्ह भीमफेदीमै फेला परेको छ ।
भीमफेदी गाउँपालिका—६ स्थित चिसापानी पुलमुनि सालिक फेला परेको ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।
आइतबार बिहानदेखि नै सालिक खोज्न झाडी, जंगललगायतको क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । तर आइतबारसम्म पुलमुनि सालिक नभएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार आइतबार राती सो स्थानमा सालिक फालिएको अनुमान गरेको छ ।
सालिक सम्बन्धित संस्थालाई प्रक्रिया पुर्याएर हस्तान्तरण गर्ने प्रहरीले जनाएको छ ।
आइतबार अनावरण गर्नका लागि भीमफेदीस्थित ज्योति पुस्तकालयको परिसरमा शनिबार कपडाले छोपेर लोककवि श्रेष्ठको सालिक राखिएको थियो । राती नै सालिक चोरी गरिएको थियो । फलामको डण्डी नै दोबारेर सालिक चोरिएको थियो ।
३० ईन्च उचाई भएको करिब ४० केजी तौलको अर्धकदको सालिक पित्तलले बनाइएको छ ।
एक सय १० वर्षअघि भीमफेदीको पारी बजारमा लोककवि श्रेष्ठ जन्मेका थिए । उनको परिवार अहिले पनि भीमफेदीमै बस्छन् । जिल्ला प्रहरी कार्यालय हेटौंडाले घटना अनुसन्धान गर्नका लागि प्रहरी निरीक्षकसहितको टोली खटाएको थियो ।
करिब ५ लाख रुपैयाँको लागतमा सालिक निर्माण गरिएको थियो । सालिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट २ सय मिटर टाढा ज्योति पुस्तकालय परिसरबाटै चोरी भएको थियो । भीमफेदी निवासी श्रेष्ठलाई लोककवि पदवी लोकसाहित्य परिषद् र नेपाल प्रज्ञा प्रतिष्ठानले दिएको थियो ।
१९६८ मा भीमफेदीस्थित पारी बजारमा जन्मेका श्रेष्ठको २०४२ सालमा निधन भएको थियो ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments