Byroad News

Loading...

मकवानपुरमा पनि विद्युतीय राहदानी वितरणको प्रक्रिया सुरु, दैनिक १५ जनाको कोटा


मकवानपुरमा पनि विद्युतीय राहदानी वितरणको प्रक्रिया सुरु, दैनिक १५ जनाको कोटा

हेटौंडा/५ पुस
मकवानपुर पनि विद्युतीय राहदानी वितरणको प्रक्रिया सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि विद्युतीय राहदानी वितरणका लागि प्रत्यक्ष दर्ताको कार्य सुरु गरेको हो ।

विद्युतीय राहदानीका लागि मकवानपुर जिल्ला छनौट गरी मिति र समय निश्चित गरेका सेवाग्राहीको प्रत्यक्ष दर्ताको कार्य सुरु गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले प्रारम्भिक चरणमा दैनिक १५ जनाको कोटा तोकी प्रत्यक्ष दर्ता गर्ने कार्य सुरु गरिएको छ । क्रमशः कोटा वृद्धि गरिँदै लगिने पनि प्रशासन कार्यालयले जनाएको छ ।

Comments

KATHMANDU WEATHER