Byroad News

Loading...

भीमफेदीमा अनावरण अघि नै सालिक चोरी


भीमफेदीमा अनावरण अघि नै सालिक चोरी

भीमफेदी/४ पुस
मकवानपुरको भीमफेदीमा अनावरण अघि नै एक साहित्यकारको सालिक चोरी भएको छ ।

लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको हो । भीमफेदीमा आइतबार कवि श्रेष्ठको सालिक अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो । 

सालिक अनावरण गर्न परराष्ट्रविद् तथा पूर्व संसद हिरण्यलाल श्रेष्ठलगायत साहित्यकारको टोली आइतबार बिहान भीमफेदी पुगेका थिए । 

करिब ५ लाखको लागतमा निर्माण गरिएको सालिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट २ सय मिटर पर ज्योति पुस्तकालय परिसरबाटै चोरी भएपछि स्थानीय चिन्तित बनेका छन् । अनावरण गर्नु पूर्व चोरी भएको सालिकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER