पोखरा/४ पुस
नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा त्रिभुवननगर जेसीजका लालमणी भण्डारी निर्वाचित भएका छन् ।
कुल १२६८ मतमध्ये भण्डारी ३६५ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पधी बिकास मानन्धर (३४९), गोकुल सापकोटा (३००), श्याम सुन्दर पौडेल मिलन (२०८) र शिव प्रसाद भुषाल (४६) मत प्राप्त गरेका छन् ।
४ कार्यकारिणी उपाध्यक्ष पदमा दिपेन्द्र निरौला (९४३), सुनिल तिमिल्सिना (८५७), रमाकुमारी प्याकुरेल (७१६) र अनिल बहादुर शाही (६४२) निर्वाचित भएका छन् ।
यसैगरि १२ जन उपाध्यक्षमा मकवानपुरकी रश्मी बस्नेत निर्वाचित भएका छन् । हेटौंडा लेडी जेसीजबाट उम्मेदवारी दिएकी बस्नेतले ९३३ मत प्राप्त गरेकी छिन् ।
अन्य उपाध्यक्षहरुमा कुमार सिंह सावाँ लिम्बु (९८०), जीवन कार्की (९७१), मनोज कुमार शाह (९६४), नेत्रलाल भट्टराई (९५४), नरेश चन्द्र ओझा (८८३), रामप्रसाद पान्डेय (८८०), योगीराज अधिकारी (८७९), सन्दिप अग्रहरी (८३३), कृष्ण बहादुर श्रेष्ठ (८१३), राजिव प्रसाईं (७७३) र जीवन श्रेष्ठ (७५९) मत सहित विजयी भएका छन् ।
महाधिवेशन पोखरामा मङ्सिर २९ गतेदेखि जारी रहेकोमा गएराती निर्वाचन भएको हो ।
अध्यक्ष लालमणी भण्डारी
हेटौंडा लेडीबाट निर्वाचित उपाध्यक्ष रश्मी बस्नेत
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments