Byroad News

Loading...

हृदयेश त्रिपाठीले गठन गरे जनता प्रगतिशील पार्टी


हृदयेश त्रिपाठीले गठन गरे जनता प्रगतिशील पार्टी

काठमाडौं/२८ मङ्सिर
पूर्वमन्त्री हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गर्नु भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ दल गठन गरेको जानकारी दिनु हुँदै त्रिपाठीले अन्य दलको आलोचना गरेर आफूलाई असल देखाउने प्रतिस्पर्धामा आफ्नो रुचि नरहने बताउनु भयो । 

अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताउनु भयो । 

अन्य दलको आलोचना नगरी काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने उहाँले बताउनु भयो । 

पूर्वमन्त्री त्रिपाठीले एमसीसी लगायतका विषयहरुमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउनु भयो । 

पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण, स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताउनु भयो ।

त्रिपाठीको नयाँ पार्टी घोषणा कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, राजनीतिक विश्लेषक तुलनारायण साहलगायत उपस्थित हुनुहुन्थ्यो ।

Comments

KATHMANDU WEATHER