Byroad News

Loading...

कोदालो प्रहार गरी कैलाशमा दाजुको हत्या


कोदालो प्रहार गरी कैलाशमा दाजुको हत्या

थाहानगर/२७ मङ्सिर 
मकवानपुरको कैलाश गाउँपालिकामा दाजु र भाई भएको कुटाकुटबाट दाईको मृत्यु भएको छ । 

आइतबार राति कैलाश-६ तल्लो पकनी ठुलोबेसेवमा ३३ बर्षीय नन्दरे मोक्तान र उनका भाई ३० बर्षीय सिताराम मोक्तानबिच सामान्य विवादमा कुटपिट भएको थियो । भाईले कोदालो प्रहार गर्दा दाजु नन्दरे मोक्तानको मृत्य भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

घटनालाई लुकाउन मृतकका भिनाजु,भाइलगायत मिलेर नजिकै खोल्सामा फालेको प्रहरीको आरोप छ ।

घटनामा संलग्न रहेको आरोपमा मृतकका भाई सिताराम मोक्तान, भिनाजु, आमा र बुबालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरेले जनाएको छ ।

Comments

KATHMANDU WEATHER