थाहानगर/२५ मङ्सिर
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ले काठमाडौंमा जारी १४ औं महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् ।
कांग्रेस मकवानपुरको इतिहासमा पदाधिकारीमा उम्मेदवारी दिने उनी नै पहिलो मकवानपुरे नेतृ हुन् । २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेर काम गर्दैै आएकी डीनाले यस पटक महिलातर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएकी हुन् ।
२०५९ सालमा राष्ट्रिय महिला आयोग सदस्य र २०६४ सालमा जलस्रोत राज्यमन्त्री बनेकी डीनाले आफ्नो अनुभवलाई पार्टीको संगठन विस्तारमा प्रयोग गर्ने बताइन् ।
नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघद्वारा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनमा पटक-पटक जेल जीवन बिताएकी थिइन् ।
०४२ सालको सत्याग्रहमा शैलजा आचार्यसँग जेल परेकी डीना पहिलो र दोस्रो संविधानसभाका सदस्य बनिन् । उनी २०४३ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापति निर्वाचित भएकी थिइन् ।
वर्तमान कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट उम्मेदावरी दर्ता गराएकी डीनाले आफू निर्वाचित भएपश्चात् पार्टी र राज्यको हरेक अङ्गमा महिलाका अधिकार स्थापित गर्न, नयाँ र पुराना पुस्ताका विचार र अनुभवलाई संयोजन गर्दै अगाडि बढ्ने बताइन् ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments