Byroad News

Loading...

जिप पल्टिंदा ३ जनाको मृत्यु, ९ घाइते


जिप पल्टिंदा ३ जनाको मृत्यु, ९ घाइते

लमजुङ/२३ मङ्सिर
लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका २ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जपि दुर्घटनामा परेको हो ।

शिक्षक विद्यार्थी मिलेर तीन वटा जिपमा शैक्षिक भ्रमण जाँदै गरेकामध्ये एउटा जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर एक शिक्षक, एक विद्यार्थी र एक स्थानीयको मृत्यु भएको बताइएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । तीमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छभने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

जिपमा १६ जना सवार थिए । मर्स्याङ्दी गाउँपालिका वडानम्बर ८ भुस्मे भन्ने ठाउँमा जीप पल्टिएको हो । मर्स्याङ्दी गाउँपालिका ८ को खुँदी सिमपानी भन्ने ठाउँबाट भुस्मेतर्फ जाँदै जिप पल्टिएको र उनीहरू पिकनिक खानका लागि हिँडेको बताइएको छ । 

Comments

KATHMANDU WEATHER