थाहानगर/२१ मङ्सिर
मकवानपुर प्रहरीले मनहरी गाउँपालिकामा खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
सोमबार गाउँपालिकाको वडा नंबर ८ स्थित मनहरी खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ७ ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा ७ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले ना ५ त ९५४४, ना ६ त ४७९०, ना. ५ त ७११२, ना ६ त २९१७, ना. ५ त ५१३४, ना ६ त ५२३७ र ना ५ त ७०३१ नंबरको ट्याक्टरलाई अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहीको लागि मनहरी गाउँपालिकाको कार्यालय पठाईएको छ ।
साथै २०७८ साल मङ्सिर महिनामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ३२ वटा ट्याक्टरलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments