हेटौंडा/१९ मङ्सिर
नेपाली कांग्रेसको बागती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।
दोस्रो चरणमा खसेको २ हजार २५ मतमा १ हजार ८५ मत प्राप्त गरि बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् । उनले निकट्तम प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । पराजित केसील ९२७ मत प्राप्त गरे ।
यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।
पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments