Byroad News

Loading...

चोरी भएको ३७ वर्षपछि लक्ष्मी-नारायण मूर्ति प्रतिस्थापन


चोरी भएको ३७ वर्षपछि लक्ष्मी-नारायण मूर्ति प्रतिस्थापन

काठमाडौं/१८ मङ्सिर 
पाटनस्थित पट्को टोलबाट चोरी भएको ३७ वर्षपछि लक्ष्मी–नारायणको मूर्ति सोही ठाउँमा प्रतिस्थापन गरिएको छ।

शनिबार बाजागाजासहित मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएपछि प्रतिस्थापन गरिएको हो।

नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ।

हराएको ६ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्तिपछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो।

दूतावासका अनुसार एक परियोजनाका लागि नेपालबाट चोरिएका कलाकृतिको खोजी गर्ने कार्यमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्ष पहिले तस्बिर खोजीका माध्यमबाट उक्त मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको तथ्य फेला पारेका थिए। त्यसलगत्तै फिर्ताको प्रक्रिया सुरु भएको थियो।

यो मूर्ति फिर्ता आएपछि यस्तै विभिन्न कारणवश बिदेशिएका मूर्ति फिर्ता ल्याउन अहिले ‘नेपाल हेरिटेज रिकभरी क्याम्पियन’ नामक संस्था खुलेको छ।

उक्त संस्थामा आबद्ध संजय अधिकारीले मूर्ति प्रतिस्थापनको खुसी साट्दै भने, ‘हामीले सोचेकोभन्दा सजिलै र पहल गरेको छोटो समयमा नै यो मूर्ति फिर्ता पाउन सफल भएका थियौं। आज पुरानै ठाउँमा राख्न पाउँदा निकै भावुक र खुसी भएँ। अरू मूर्ति पनि यसरी नै फिर्ता ल्याउने पहल गरिरहेका छौं।’
साभार: सेतोपाटी

Comments

KATHMANDU WEATHER