थाहानगर/१५ मङ्सिर
मकवानपुर प्रहरीले ५ किलो १०० ग्राम लागुऔषध गाँजासहित १ जनालाई बुधबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार आज पौने ५ बजेको समयमा मनहरी वडा नं. ७ मनहरी पुल नजिकै पूर्व पश्चिम लोकमार्गमा पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले चैनपुरबाट मनहरीतर्फ पैदल आउदै गरेका कैलाश गाउँपालिका वडा नं. ८ बस्ने बर्ष २८ को शिशिर भन्ने जगत थिङलाई चेकजाच गर्दा झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ५ किलो १०० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments