Byroad News

Loading...

एमाले महाधिवेशन: मतगणना सुरु, ३ बजे भित्र परिणाम आउने


एमाले महाधिवेशन: मतगणना सुरु, ३ बजे भित्र परिणाम आउने

सौराहा/१४ मङ्सिर
नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिनुभयो । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । सुब्बाका अनुसार विद्युतीय मेसिनका प्राविधिकहरूले अबको अढाई घण्टाभित्र मत परिमाण आउने छ ।

‘६९ वटा भोटिङ मेसिनमा मत रेकर्ड भएको छ । हरेक मेसिनबाट रेकर्ड संकलन गर्ने काम भइरहेको छ । सबै मेसिनबाट आएको तथ्यांकलाई जोडेर कुन उम्मेदवारले कति मत ल्यायो भने थाहा हुन्छ,’ उहाँले भन्नुभयो, ‘ढिलोमा तीन बजेभित्र सबै परिणाम आउँछ ।’

Comments

KATHMANDU WEATHER