थाहानगर/१३ मङ्सिर
मकवानपुमा दुई चरणमा मतदाता नामावली संकलन गरिने भएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरको १० वटै स्थानीय तहमा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सञ्चालन’ गर्न लागेको हो ।
१८ वर्ष पुरा भएको मतदातामा नामवलीमा नाम नभएकाहरुको संकलन कार्य संचालन गर्न लागिएको कार्यलयले जनाएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यलयमा राजनीतिक दलहरु, सुरक्षा निकायका प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै कार्यलयले यहि मंसिर १७ गतेदेखि पुष २ गतेसम्म पहिलो चरण र पुष ५ गतेदेखि माघ ५ गतेसम्म दोस्रो चरणमा संकलन गरिने जानकारी दिएको छ ।
पहिलो चरणमा मकवानपुरगढी,भीमफेदी, इन्द्रसरोबर, मनहरी र बकैया गाउँपालिकामा मतदाता नामावली संकलन कार्यक्रम गरिने र दोस्रो चरणमा भने जिल्लाको बागमती, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपालिकामा कार्यक्रम तय भएको जानकारी दिईएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपलिकामा भने जिल्ला प्रशासन कार्यलय र प्रदेश निर्वाचन कार्यालय हेटौंडामा आएर नामावली दर्ता गर्न सकिने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा २०७८ कात्तिकसम्म २ लाख ८० हजार १८१ जना मतदाता रहेका छन् जसमा १ लाख ४२ हजार ७०३ जना पुरुष,१ लाख ३७ हजार ४७२ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेका छन् ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments