थाहानगर/१३ मङसिर
मृगौला रोगीका लागि ज्यान बचाउन भन्दै अटो रिक्सा लिएर सहयोग उठाउदै हिँडेका दुई जनालाई थाहानगरका स्थानीयले उठबस गराएका छन् ।
थाहा नगरपालिका ४ किटेनीका अनित खत्रीको नेतृत्वमा स्थानीयले बिरामीका लागि भन्दै सहयोग माग्दै हिँडेका दुइ जनालाई उठबस गराएर माफी मगाएका हुन् ।
बाइरोडलाई प्राप्त भिडियोमा स्थानीयले बिरामीका बारेमा विस्तृत बुझ्न खोजेपछि सहयोग भन्दै रकम उठाउदै हिँडेकाहरु नै बिरामीका बारेमा अनविज्ञ रहेको देखिन्छ । अटो रिक्सामा खोटाङ हलेसी तवाचुङ नगरपालिका २ का कुलबहादुर राई र शिवदाली राईकी २५ वर्षीय छोरी रोजी राईको दुवै मृगौलाले काम नगरेको भन्दै प्रचार गरि हिडेका थिए । विरामी राईको हाल काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेको हुँदा सहयोगको अनुरोध गर्दै एकता स्वयम् सेवक नेपाल काठमाडौंको व्यानर प्रयोग गरी अटो रिक्सामा दुइ जना थाहा नगर आइपुगेका थिए । 
जिल्ला प्रशासन कार्यालयमा ११२८ दर्ता नंबर कायम रहेको र समाज कल्याण परिषदमा ५२१९७ दर्ता नंबर पाएको एकता स्वयं सेवक नेपालबाट खटिएका दुइ जनालाई सार्वजनिक रुपमा माफी माग्न लगाएर छोडिएको स्थानीयले बताएका छन् ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments