Byroad News

Loading...

कोरोनाको नयाँ भेरियन्टबाट सजग रहन प्याव्सन थाहानगरको अपिल


कोरोनाको नयाँ भेरियन्टबाट सजग रहन प्याव्सन थाहानगरको अपिल

थाहानगर/१३ मङ्सिर
कोभिड—१९ (कोरोना भाइरस)बाट आक्रान्त हुँदै बल्ल त्रास हट्दै गएको बेला फेरि कोरोना भाइरसको नयाँ भेरियन्टले आतंकित बनाउन थालेको छ । 

यसैबीचमा, विश्वका विभिन्न देशहरुमा देखिन थालेको नयाँ भेरियन्ट (ओमिक्रोन)बाट सुरक्षित रहन निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहानगर कार्यसमितिले अपिल गरेको छ ।

सोमबार थाहानगर कार्यसमितिका अध्यक्ष सुरेन्द्रमान प्रधानले एक सन्देश प्रवाह गर्दै सदस्य विद्यालय तथा अभिभावकहरुलाई बेलैमा सुरक्षाका उपायहरु अपनाउन सचेत गराइएको हो । प्रेषित सन्देशमा विद्यालय जाने हरेक विद्यार्थीहरुलाई माक्स र सेनिटाइजर लगाएर पठाउन आग्रह गरिएको छ । यसैगरी, विद्यालयमा अनिवार्य रुपले हरेक दिन थर्मल गनले ज्वरो नाप्न, मास्क, सेनिटाइजर, सावुन पानीको पर्याप्त व्यवस्था गर्न, समूहमा खेलाइने खेलकुदलाई व्यवस्थापन गर्नु हुन, एकअर्काबीच खानेकुरा आदान प्रदान नगराउन सचेत गराइएको छ । 

विश्वका कतिपय देशहरुले यो भेरियन्टबाट बच्न विभिन्न सुरक्षाका उपायहरु अपनाउन थालिसकेको छ । 

Comments

KATHMANDU WEATHER