Byroad News

Loading...

माओबादी देश कै ठूलो पार्टी बन्ने लीलामणी पोखरेलको दाबी


माओबादी देश कै ठूलो पार्टी बन्ने लीलामणी पोखरेलको दाबी

थाहानगर/११ मङ्सिर 
नेकपा (माओबादी केन्द्र)का स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले आगामी निर्वाचनबाट नेकपा (माओबादी केन्द्र) देशकै ठूलो पार्टी बन्ने दाबी गर्नु भएको छ ।

माओबादी केन्द्रको थाहा नगर सम्मेलनलाई सम्बोधन गर्दै पोखरेलले पार्टी निर्माणको प्रकृया विभाजनको पीडाबाट गुज्रिएको र पहिलो निर्वाचनमा देशकै ठूलो पार्टी बन्दा त्यसको उपलब्धिलाई रक्षा गर्न नसक्नु नै माओबादीको भुल भएको स्विकार्नु भयो । पोखरेलले माओवादी कै एजेन्डामा देश चलिरहेको जिकिर गर्नुभयो ।

 पोखरेलले संघीयता, धर्म निरपेक्षता र गणतन्त्र माओवादी कै एजेन्डा रहेको बताउनु हुँदै जनयुद्धको मुद्दा उल्टाएर माओबादी, प्रचण्ड र बाबुरामलगायतका नेतालाई जेल हाल्ने षड्यन्त्र भईरहेकोले आम कार्यकर्ता चनाखो हुनुपर्नेमा जोड दिनु भयो ।

सम्मेलनको अवसरमा जनता समाजबादी पार्टी त्याग्दै पुनः माओबादी केन्द्रमा फर्किनु भएका जसपाका नेता ज्योति रायमाझीले पद र प्रतिष्ठाभन्दा बिचार ठूलो भएकोले लाभको पद होइन बिचार रोज्न आग्रह गर्नु भयो ।

पूर्व स्थानीय विकास अधिकारी भुवन प्रकाश बिष्टले उर्जाशील ब्यक्तिहरुले नै पार्टी हाक्ने भएकोले संघसंगठनलाई योजनाबद्द तरिका र दस्ताबेजमा आधारित बनाएर विकास निर्माणसङ्ग पनि पार्टी जोडिनु पर्नेमा जोड दिनु भयो ।

नेकपा माओबादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले समाजबादी ब्यबस्था ल्याउन एउटै पार्टी बनाउने अभियानमा रहेको बताउनु हुँदै त्यसको नेतृत्व माओबादी केन्द्रले गर्ने बताउनु भयो । 

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले देशमा माओबादी नेतृत्वको बिकल्प नरहेको विचार व्यक्त गर्नु भयो । 

नेकप माओबादी केन्द्र थाहा नगर कमिटीको नगर सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । नेतृत्व चयनमा आकांक्षीहरुको संख्या धेरै भएकोले सर्वसम्मत चयनको प्रयास भईरहेको प्रेस सेन्टर थाहानगरका अध्यक्ष शम्भु अधिकारीले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER