Byroad News

Loading...

अरू नेता महाधिवेशनको चहलपहलमा, भीम आचार्य आइसोलेसनमा


अरू नेता महाधिवेशनको चहलपहलमा, भीम आचार्य आइसोलेसनमा

सौराहा/११ मङ्सिर 
सहकर्मी नेताहरू पार्टीको दसौं महाधिवेशनको दौरानमा नेतृत्व दाबी गर्दै दौडधुप गरिरहेका बेला नेकपा एमालेका सचिव भीम आचार्य कोरोना संक्रमित बनेर आइसोलेसनमा रहन बाध्य हुनु भएको छ।

नवौं महाधिवेशनमा सचिव पदमा निर्वाचित आचार्य यसपटक पनि पार्टीको पदाधिकारीमा दाबी गरिरहनु भएको छ । तर, नेतृत्वका लागि छलफल र दौडधुपमा लाग्नुपर्ने बेलामा आइसोलेसनमा रहँदा उहाँ फोनबाटै छलफल गर्न बाध्य हुनु भएको छ ।

कोरोना संक्रमण भएपछि शुक्रबारको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन नपाउनु भएका प्रदेश १ का पूर्व मुख्यमन्त्री आचार्य अहिले सौराहाको होटल सेभेन स्टारमै आइसोलेसनमा हुनुहुन्छ ।

आचार्यका स्वकीय सचिव अनिल राजधामीका अनुसार उहाँलाई काठमाडौंमा छँदै हल्का ज्वरो आएको थियो । चितवनमा ९ गते स्वाव परिक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको राजधामीले बताउनु भयो ।

पार्टीका स्थायी कमिटी सदस्यहरूका लागि आवासको व्यवस्थापन गरिएको होटल सेभेन स्टारमा रहनु भएका आचार्यलाई महाधिवेशनमा खटिएको चिकित्सक टोलीको सिफारिसमा एन्टिबायोटिक सुरू गरिएको स्वकिय सचिव राजधामीले जानकारी दिनुभयो ।

नवौं महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट सचिवमा निर्वाचित उहाँले १० बुँदे सहमतिको बेला नेपालको साथ त्यागेर एमालेमै रहने निर्णय गर्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER