पोखरा/११ मङ्सिर
पोखराबाट प्रहरीले झन्डै २ लाख अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।
मुस्ताङको चराङ-४ का छिरिङ डुन्डुक गुरुङलाई १ लक्ख ९४ हजार २ सय अमेरिकी डलरसहित शुक्रबार पोखरामा प्रहरीले पक्राउ गरेको हो । आजको बजार मूल्य अनुसार २ करोड ३२ लाख ६ हजार ९ सय रुपैयाँ हुन आउँछ । जब कि १ हजार डलर भन्दा बढी रकम लिएर हिड्डुल गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिन्छ । प्रहरीका अनुसार गुरुङसङ्ग राष्ट्र बैंकको कुनै अनुमती पत्र फेला परेको छैन ।
माइक्रो बसमा आफू बसेको सिटमुनि गुरुङले एउटा झोलामा प्याकिङ गरेर राखेको सुराकीको आधारमा चेकजाच गर्दा सो परिमाणमा अमेरिकी डलर बरामद भएको हो । यस सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments