काठमाडौं/९ मङ्सिर
नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने विदेशी अतिथिहरूको विवरण सार्वजनिक गरेको छ ।
बिहीबार एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा ४ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो ।
भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् । काठमाडौं आइपुगेका केही अतिथिलाई उहाँले सोल्टी होटलमा रात्रीभोजको समेत आयोजना गर्नु भएको छ ।
ती अतिथिहरुले उद्घाटन सत्रका दिन शुभकामना दिनुहुनेछ भने मंसिर १२ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुसँग संयुक्त रुपमा ब्रेकफास्ट मिटिङ गर्ने कार्यक्रम तय भएको छ । विदेशी पाहुनाहरुलाई चितवनको ग्रीन मेनसन जंगल रिर्सोटमा बसोबासको व्यवस्था मिलाइएको छ ।
उहाँहरुलाई चितवनका पर्यटकीय स्थलहरूको दृश्यावलोकनका साथै थारु साँस्कृतिक प्रदर्शनीको अवलोकनको पनि कार्यक्रम राखिएको छ । यसैबीच एमाले महाधिवेशनका लागि विश्वका १५ देशमा कम्युनिष्ट पार्टीहरुले शुभकामना सन्देश पठाएका छन् ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments