चितवन/९ मङ्सिर
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नेकपा एमालेको महाधिवेशनका बाबजुद शुक्रबार चितवनमा सवारी आवागमनमा कुनै अवरोध नहुने बताउनु भएको छ । एमाले महाधिवेशनलाई मध्यनजर गर्दै वैकल्पिक मार्ग पहिचान गरी यातायात सेवालाई नियमित गर्ने उहाँले बताउनु भयो ।
यसअघि स्थानीय प्रशासनले नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत शुक्रबार हुने उद्घाटन समारोहमा चितवनको यातायात व्यवस्था प्रभावित हुनसक्ने जनाएको थियो । प्रशासनको यस्तो भनाइ सार्वजनिक भएसँगै महाधिवेशनका नाममा सर्वसाधारणलाई सास्ती हुने गरी यातायात नै ठप्प पार्न खोजेको भन्दै आलोचना भएको थियो ।
आलोचना बढेपछि स्थानीय प्रशासनले निर्णय सच्याउँदै यातायात बन्द नगरी वैकल्पिक मार्ग प्रयोग गरेर सेवा नियमित राख्ने जनाएको हो । उसो त नेकपा एमालेले पनि यातायात सेवा नियमित हुनुपर्ने बताएको थियो ।
बिहीबार महाधिवेशनस्थल नारायणी किनारमा पत्रकार सम्मेलन गर्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यातायात सेवा अवरुद्ध हुन नहुने बताउनु भएको छ । सो लगत्तै प्रशासनले पनि वैकल्पिक मार्गबाट यातायात सूचारु गराइने जनाएको हो ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments