चितवन/९ मङ्सिर
भोलिबाट चितवनमा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।
महाधिवशन नजिकिँदै गर्दा छिमेकी जिल्ला मकवानपुरका एमाले नेताहरुले केन्द्रीय सदस्यको लागि उम्मेद्वारी घोषणा गरिरहेका छन् ।
आयोजक कमिटीका सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर राना देखि एमाले बागमती प्रदेश सदस्य एवं पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठले केन्द्रीय सदस्यको लागि उम्मेद्वारी दिने तयारी गरेका छन् ।
यसैगरि, एमाले प्रदेश सदस्य एवं मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधि सभा सांसद कृष्ण प्रसाद दाहाल, सांसद रामचन्द्र राई,संविधान सभा सदस्य अनन्त पौडेल,सुभाष चन्द्र ठकुरी,रघुनाथ खुलालले केन्द्रीय सदस्यको लागि उम्मेद्वारी दिने तयारी गरेका छन् ।
ईन्चार्ज राना र राईले जनजातीबाट सदस्यको लागि तयारी गरेका छन् भने दाहाल, ठकुरी र खुलालले खुल्लाबाट केन्द्रीय सदस्यको उम्मेद्वारी दिने तयारी गरेका छन् ।
यसैगरी पौडेलले बागमती प्रदेश भुगोलबाट र श्रेष्ठले महिलाबाट केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिने तयारी गरेको बताईएको छ ।
महाधिवेशनमा मकवानपुर जिल्लाबाट १९ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्रबाट ८/८ जना, २ जना मनोनित र एक जना दलित गरेर १९ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments