थाहानगर/७ मङ्सिर
नेकपा एमालेको आशन्न महाधिवेशनमा सुवाष चन्द्र ठकुरीले मकवानपुरबाट खुल्ला तर्फको केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गर्नु भएको छ ।
हाल बागमती प्रदेश कमिटीका सदस्य रहनु भएका ठकुरीले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी बलियो रहने बताउनु हुँदै प्रचारप्रसारको तयारीमा जुट्नु भएको हो ।
भूमिगत विद्यार्थी राजनीतिबाट कृयाशील ठकुरी वि.सं. २०४९ सालदेखि लगातार १० बर्ष तत्कालीन सिस्नेरी गाविस अध्यक्ष हुँदै २०७० को संविधान सभा निर्वाचनमा नेकपा माओबादी केन्द्रका केन्द्रीय नेता नारायण काजी श्रेष्ठ र नेपाली काङ्ग्रेसका बलियो उम्मेदवार जयराम लामिछानेलाई पराजित गर्दै संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
संविधान सभा सदस्य कालमै ठकुरीले आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध संसदीय उपसमितिको संयोजकको जिम्मेवारी समेत निर्वाह गर्नु भएको थियो । गाविस अध्यक्ष हुँदा नै ठकुरी तत्कालीन जिल्ला विकास समिति लेखा समितिको अध्यक्ष समेत रहिसक्नु भएको छ ।
नेकपा एमाले मकवानपुरको राजनीतिमा ठकुरी जिल्ला कमिटी सदस्य हुँदै पटक प्टक क्षेत्र नम्बर २ को ईन्चार्ज, जिल्ला कमिटी उपाध्यक्ष, पार्टी केन्द्रीय विभाग सदस्यको जिम्मेवारी सम्हाल्दै प्रदेश कमिटीको सदस्यको जिम्मेवारी समेत कुशलताका साथ निर्वाह गरिरहेकोले पनि आफ्नो उम्मेदवारी बलियो रहेको बताउनु भएको छ ।
कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक निर्माणको अगुवाई गरि हेटौंडा-काठमाडौंलाई छोटो मार्ग बनाउने अभियानका अभियान्ता समेत रहेर हाल पनि विभिन्न भौतिक पूर्वाधार विकासको अभियानमा रहेको बताउनु भएको छ ।
ठकुरी लामो समयदेखि बिभिन्न बहानामा निर्माण अलपत्र रहेको चित्लाङ-चन्द्रागिरी-थानकोट सडक निर्माणमा जनदबाब सिर्जना गराउदै अगुवाई गरिरहनु भएको छ ।
ठकुरीलाई उत्तरी मकवानपुरका साझा उम्मेदवारको रुपमा प्रस्तुत गरि निर्वाचित गराउन प्रचारप्रसार समिति तथा सचिवालय समेत निर्माण गरिएको बताइएको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments