Byroad News

Loading...

एमाले महाधिवेशन सुरक्षाका लागि ‘गोप्य’ स्वयंसेवक परिचालन गरिने


एमाले महाधिवेशन सुरक्षाका लागि ‘गोप्य’ स्वयंसेवक परिचालन गरिने

काठमाडौं/६ मङ्सिर
चितवनमा हुन लागेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ५ हजार स्वयंसेवक परिचालन गरिने भएको छ । एमालेका केन्द्रीय सदस्य एवं महाधिवेशन आयोजक कमिटी अन्तर्गत स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले मङ्सिर १० गते उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक परिचालन गर्ने जानकारी दिनुभयो । 

यस्तै मङ्सिर ११ र १२ गते चितवनको सौराहामा हुने महाधिवेशनको बन्द सत्रमा भने ५ सय स्वयंसेवक परिचालन गरिनेछ । बन्द सत्रमा पार्टीको नेतृत्व र महाधिवेशन प्रतिनिधि गरेर २२ सय हाराहारी मात्रैको उपस्थिति हुने भएकोले स्वयंसेवकको संख्या कम हुने संयोजक श्रेष्ठले बताउनु भयो ।  

यस्तै महाधिवेशन अवधिमा नेता तथा कार्यकर्ताको सुरक्षाका लागि गोप्य स्वयंसेवक परिचालन गरिने उहाँले बताउनु भयो । उहाँले भने–‘महाधिवेशनको अवधिमा कहाँ–कहाँ के के भइरहेको छ, त्यसबारे सूचनाका लागि हामीसँग ‘अनसिन’ स्वयंसेवकहरु पनि छन् । हामीले त्यसमा सुरक्षा विज्ञहरुलाई पनि समावेश गरेका छौँ ।’

संयोजक श्रेष्ठले सुरक्षाका लागि सुरक्षाकर्मीसँग पनि सहकार्य गर्ने र गोप्य रुपमा आन्तरिक स्वयंसेवक पनि राख्ने जानकारी दिनुभयो । महाधिवेशनका लागि पार्टीको विभिन्न भातृ संगठनबाट स्वयंसेवक तयार पारिने श्रेष्ठले बताउनु भयो । 

Comments

KATHMANDU WEATHER