Byroad News

Loading...

२२ एसपीको सरुवा, मकवानपुरमा सुरेन्द्रबहादुर गुरुङ आउने


२२ एसपीको सरुवा, मकवानपुरमा सुरेन्द्रबहादुर गुरुङ आउने

थाहानगर/५ मङ्सिर
नेपाल प्रहरीका २२ जना एसपीहरुको सरुवा भएको छ । मकवानपुरका एसपी सोमेन्द्रसिं राठौरलाई प्रहरी प्रधान कार्यालय, यु.एन. जगेडा काठमाडौंमा तानिएको छ । राठौरको ठाउँमा प्रहरी प्रधान कार्यालयबाट सुरेन्द्रबहादुर गुरुङलाई पठाइएको छ । 
 
यसैगरी, अनुराग कुमार द्धिवेदीको मानव बेचविखन अनुसन्धान व्युरोबाट सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा सरुवा भएको छ ।

अबिनारायण काफ्लेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्शालबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा, कृष्ण प्रसाईंको दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीमा र टिकाबहादुर केसीको काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाबाट लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुरमा सरुवा भएको छ ।

तुलबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा र दिनेशराज मैनालीको जिल्ला प्रहरी कार्यालय तनहुँबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएको छ ।

यस्तै ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयबाट अख्तियारमा, प्रकाश रानाभाटलाई धनुषाबाट पोखरामा, वसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालयबाट धनुषा, बेलबहादुर पाण्डेलाई पर्साबाट प्रहरी प्रधान कार्यालय, भुवनेश्वर तिवारीलाई सुदूरपश्चिम प्रदेशबाट सुर्खेत, महेन्द्र खड्कालाई धादिङबाट सुदूरपश्चिम प्रदेश र राकेश सिंहलाई सुर्खेतबाट धादिङमा पठाइएको छ ।

यसैगरी राजीवबहादुर बस्नेतलाई प्रदेश प्रहरी कार्यालय पोखराबाट स्याङ्जा, राजेन्द्रप्रसाद धमलालाई सप्तरीबाट मानव बेचविखन अनुसन्धान ब्यूरो, राजेन्द्रबहादुर रेग्मीलाई कैलालीबाट तनहुँ, रामप्रकाश शाहलाई बाँकेबाट नुवाकोट, सन्तोषसिंह राठौरलाई सर्लाहीबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

Comments

KATHMANDU WEATHER