थाहानगर/४ मङ्सिर
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले गाउँगाउँमा विकासको लहर सुरु भएको बताउनु भएको छ । मन्त्री खतिवडाले आफूहरु झुटो आश्वासन बाडेर लोकप्रिय हुने पक्षमा नरहेको बताउनु भयो ।
थाहा नगरपालिका ८ आग्रा मोरियामा नव निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री खतिवडाले जनताका लागि सहज स्वास्थ सुविधा दिन सरकारले गृहकार्य गरिरहेको बताउदै गाउँगाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउन आफू प्रतिवद्द रहेको बताउनु भयो ।
च्वाइस नेपालको आर्थिक सहयोगमा निर्मित भवनको उद्घाटनमा थाहानगरका मेयर लवशेर विष्टले आफूहरुले भोट हालेर पठाएका व्यक्ति नै मन्त्री भएको बेला स्वास्थ्य क्षेत्रमा सुविधा खोज्नु स्वभाविक रहेको बताउदै थाहानगरमा स्वास्थ्य क्षेत्रमा मात्र नभइ सबै क्षेत्रमा विकास हुने अपेक्षा व्यक्त गर्नु भयो ।
कार्यक्रममा सांसद रामनारायण विडारीले कार्यक्रममा महिलाहरुको बाक्लो उपस्थिति समाज परिवर्तन भइसकेको भन्दै गाउँगाउँमा विकासका पूर्वाधारहरुको निर्माण तिब्र गतिमा अगाडि बढिसकेको बताउनु भयो ।
च्वाइस नेपालका प्रतीक शर्माले आफूहरुले जनजिविकासङ्ग जोडिएका कामहरुमा सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी बागमती कमिटी सदस्य गौतम बुद्द थोकरले गाउँमा एउटा एम्बुलेन्स पनि नहुदा पटक पटक समयमै उपचार नपाएर गाउँका कयौंको ज्यान गइसकेको स्मरण गर्नु हुँदै नवनिर्मित भवनसङ्गै सुविधाहरु पनि आवश्यक रहेको औंल्याउनु भयो ।
८ नम्बर वडा अध्यक्ष तथा स्वास्थ्य चौकि व्यवस्थापन समिति अध्यक्ष टिकाराम रुम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपमेयर खड्ग गोपाली, ७ नम्बर वडाध्यक्ष सोनाम सिं मुक्तान, ४ नम्बर वडाध्यक्ष दिपक सिं लामा, ११ नम्बर वडाध्यक्ष किरणमान बल, नेकपा एमालेका थाहानगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, नेपाली काङ्ग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशी, नेकपा माओबादी केन्द्र थाहानगर अध्यक्ष अरुण रायमाझीलगायतको आतिथ्यता थियो ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments