Byroad News

Loading...

एकीकृत समाजबादीले एक सिट नजित्ने भट्टराईको भनाई


एकीकृत समाजबादीले एक सिट नजित्ने भट्टराईको भनाई

हेटौंडा/२ मङ्सिर 
नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले नेकपा एमालेबाट चोइटिएर बनेको माधव नेपाल नेतृत्वको एकिकृत समाजबादीले एक्लै निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि नजित्ने बताउनु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिकामा भएको गाउँकमिटीको सपथ ग्रहण कार्यक्रममा सचिव भट्टराईले माधव नेपालको पार्टीसँग एक्लै चुनाव उठेर एक सिट पनि जित्ने ल्याकत नभएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका भट्टराईले नेकपा माओवादी केन्द्रको पनि अवस्था नाजुक रहेको बताउनु भयो । अहिले माओवादी अध्यक्ष प्रचण्ड पनि कांग्रेससँग सिट माग्दै हिडेको बताउँदै नेकपा एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको उल्लेख गर्नु भयो ।

आफूहरुले माधव नेपाललाई पटक–पटक पार्टी विभाजन गर्ने अपराध नगर्नुस, त्यो पार्टीको लागि र तपाईको व्यक्तिगत र राजनीतिक जीवनको लागि पनि राम्रो हुँदैन भन्दा पनि उहाँले अपराध गरेको भन्दै आफूहरुले पार्टी विभाजनकारीलाई साथ दिन नसकेको स्पष्ठ पार्नु भयो ।

कार्यक्रममा नवीन सुवेदीको अध्यक्षतामा नव गठिन नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको शपथ ग्रहण समेत गराईएको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, एमालेका बागमती प्रदेश सदस्य एकराज उप्रेती, एमाले मकवानपुर सचिव एकालाल श्रेष्ठ, प्रदेश सदस्यहरु सुन्तली चेपाङ, भोजराज ढकाल लगायतको सहभागिता रहेको थियो ।

Comments

KATHMANDU WEATHER