काठमाडौं/३० कात्तिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रमका लागि भन्दै महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।
प्रचण्डले भोलि बुधबार वडा नम्बर २,३,४,६,७,८ र ९ को आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्ने कार्यक्रम छ । त्यही कार्यक्रमका लागि भोलि नगरपालिकामा सार्वजनिक विदा दिइएको नगर प्रमुख अशोक मण्डलद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा उल्लेख छ ।
साथै सूचनामा सो कार्यक्रममा उपस्थित हुन पनि अपिल गरिएको छ ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments