थाहानगर/२९ कात्तिक
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले मूल्य वृद्धि विरुद्ध प्रदर्शन गर्दै मसाल जुलुस गरेको छ । प्रदर्शन गर्दै कात्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरूले मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको हो ।
प्रदर्शनमा ‘मूल्य खारेज गर, मढ्दो महङ्गी बन्द गर, कालो बजारी अन्य गर, ३ बुँदे सहमती कार्यन्यन गर, राजबन्दीहरु रिहा गर, नेपाल कम्युनिष्ट पाटी जिन्दवाद, दलाल पुँजीवाद व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद,भोलि कात्तिक ३० गतेको नेपाल बन्द सफल पारौ’ लगाएतको नाराहरु लगाईएको थियो ।
विप्लव मकवानपुरले बन्द सफल पार्न विद्यालय, पसल, उद्योग, सवारीहरु बन्द गरेर सहयोग गर्न अनुरोध गरेको छ । मसाल जुलुस प्रदर्शनमा सयौ युवाहरुको सहभागि देखिन्थो ।
गएको कार्तिक २५ गते पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments