थाहानगर/२८ कात्तिक
दशैंअघिबाट सुचारु गरिएको चित्लाङ–थानकोट सडक आगामी आज २८ कात्तिकदेखि पूर्णरुपमा बन्द हुने भनिएकोमा तेलको व्यवस्थापनका कारण आज एक दिन अझै सुचारु हुने भएको छ ।
मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरुपमा बन्द गर्न लागिएको सूचना यस अघि नै गरिसकेको थियो । तर सडक विस्तारमा प्रयोग हुने मेशिन तथा सवारीसाधनलाई आवश्यक इन्धनको व्यवस्थापन गरिनसकेकोले आजसम्म सडक सुचारु हुने भएको हो । "आज बेलुकीसम्ममा इन्धनको व्यवस्थापन हुन्छ, त्यसपछि सडकको काम अगाडि बढ्नेछ, भोलिदेखि चाहिँ बन्द हुनेछ ।" चित्लाङ – चन्द्रागिरी – थानकोट सडक निर्माण सरोकार समितिका सदस्य बुद्दरत्न मानन्धरले बताउनु भयो ।
सिङ्गल लेनको ट्राकलाई डबल लेन बनाएर अस्थायी नाली समेत निर्माण गरि अब यातायात सुचारु गर्न करिव डेढ महिना लाग्ने समितिको अनुमान छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments