जनकपुर/२७ कात्तिक
जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नु भएको हो ।
जनकपुर उपमहानगरपालिका-२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो।
त्यसैक्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल र्याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ।
स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको बास्तोलाले बताउनु भयो ।
‘उक्त पोखरीमा तीन-चार वर्षदेखि नै समस्या आइरहेको थियो, छठको बेलामा सामान्य झडप पनि भएको थियो,’ बास्तोलाले बताउनु भयो ।
दुई समुदायबीच तनाव हुन थालेपछि शुक्रबार बास्तोलाले बैठक बोलाएर सहमति गराएका थिए।
तर, एकाएक शनिबार हिन्दु समुदायले र्याली निकालेर जान खोजेपछि निषेधाज्ञा जारी गर्नुपरेको उहाँले बताउनु भयो ।
‘झडपमा केही प्रहरी घाइते छन्, स्थिति पूरै नियन्त्रणमा आएको छैन, प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई लखेटिरहेको छ,’ उहाँले बताउनु भयो ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments