काठमाडौं/२६ कात्तिक
नेकपा एमालेले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।
आज (शुक्रबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गर्नु भएको हो ।
त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने सिस्टमबारे जानकारी गराउनु भयो ।
एमालेको सो राष्ट्रिय महाधिवेशन यही मङ्सिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ।
महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन्। त्यसका लागि भोलि (शनिबार) देशभर प्रतिनिधि चयन हुँदै छ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments