Byroad News

Loading...

गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी प्रहरीको नियन्त्रणमा


गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी प्रहरीको नियन्त्रणमा

सिराहा/२६ कात्तिक
सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । 

छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिले नै बा २ झ ३६४३ नम्बरको स्कारपिओ नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।

उक्त गाडीमा पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, चालकसमेत नभएकाले स्थानीयवासी र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ । रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि आफूहरुले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नदेखेपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएको एक वडा अध्यक्षले जानकारी दिनुभयो ।

प्रहरीले उक्त गाडी जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई आफूलाई जिम्मा लगाएको बताएको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको उक्त गाडी त्यहाँ राख्न सुरक्षित नहुने देखेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष जागेश्वर यादवले उक्त गाडी वडाअध्यक्ष कपिलदेव यादवले छठ घाटमा घुम्न जान्छु भनेर लगेको बताउनु भयो । 

Comments

KATHMANDU WEATHER