हेटौंडा/२५ कात्तिक
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । उहाँले नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका निमा लामालाई स्वास्थ्य मन्त्री बनाउनु भएको हो ।
नवनियुक्त दुबै मन्त्रीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिनु भएको छ । जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसक्नु भएको छ ।
नेकपा माओवादी केन्द्रका एक सांसदका अनुसार प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेकोले आर्थिक मामिला मन्त्रालय जम्मकट्टेलले लिनु भएको हो । लामा पहिलो पटक मन्त्री बन्नु भएको हो ।
यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रका संसदीय दलकी उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाउनु भएको छ ।
भँडेल भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ ।
गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । पाण्डे मुख्यमन्त्री नियुक्त हुनु भएको १५ दिनपछि २ मन्त्रिपरिषदमा २ मन्त्री थप गरिएको हो । नेकपा एकीकृत समाजवादीका एक सांसदका अनुसार १३ मन्त्री र ३ राज्यमन्त्रीसहित मन्त्रिपरिषद १५ सदस्यीय बनाउने तयारी छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments