Byroad News

Loading...

मन्त्रीको अभिव्यक्तिप्रति सरोकार समितिबाट खेद व्यक्त, सच्याउन माग


मन्त्रीको अभिव्यक्तिप्रति सरोकार समितिबाट खेद व्यक्त, सच्याउन माग

चित्लाङ/२४ कात्तिक
नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले चित्लाङ—चन्द्रागिरी—थानकोट सडक खण्डका सम्बन्धमा दिनु भएको अभिव्यक्ति प्रति सरोकार समितिले खेद व्यक्त गर्दै सच्याउन माग गरेको छ । 

अर्थमन्त्री शर्माले केहि दिन अगाडि थानकोटमा आयोजित एक सार्वजनिक कार्यक्रममा सो गणेशमान सिंह सडक मार्ग अन्तर्गत चित्लाङ—चन्द्रागिरी—थानकोट सडक खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने अभिव्यक्ति दिनु भएको थियो । 

मन्त्री शर्माले ‘आफूले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको सुनेकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारु गर्ने’ बताउनु भएको थियो । 

मंगलबार चित्लाङ—चन्द्रागिरी—थानकोट सडक निर्माण सरोकार समितिले एक विज्ञप्ति जारी गर्दै मन्त्री जस्तो व्यक्तिले सत्यतथ्य नबुझी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । 

समितिका अध्यक्ष रामशरण नेपालद्वारा जारी विज्ञप्तिमा ‘चन्द्रागिरी थानकोट सडकको वातावरणीय प्रभाव मूल्याङ्कन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरी योजनामा समावेश भई बजेट व्यवस्थाका साथ ठेक्का गरिएकोमा सो सडक निर्माणको क्रममा निस्किएको ढुङ्गा चोरी निकासी भइरहेको सन्दर्भमा तत्कालीन जिल्ला वन कार्यालयबाट चोरी निकासी रोक्न, वन वातावरण जोगाउन र नियमन गरी ढुङ्गाको वैज्ञानिक व्यवस्थापन गर्न लिलाम विक्री गर्नेगरी भएको निर्णय र सो निर्णय कार्यान्वयन सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य निकायहरुमा परेको उजुरी र ती निकायहरुबाट प्राप्त स्वीकृती र सहमति बमोजिम नेपालको कानुन र नियमानुसार लिलाम स्वीकृत भई राजश्व लिई/बुझाई स्थानीय कर, भ्याट र स्थानीय समुदायसँगको शुल्कसमेत लिई/बुझाई गरिएको कानुनबमोजिमको ढुङ्गा व्यवस्थापनको विषय भएकोमा इतिहासमा पहिलोपटक गाडी बोकेर काठमाडौं उपत्यका प्रवेश भएको एक ऐतिहासिक मार्ग जसले थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका र कैलाश गाउँपालिकाहरुको विकास र समृद्धिको मूल ढोकाको रुपमा तथा चित्लाङ हुँदै हेटौँडाबाट तराइका सदरमुकामलाई जोड्ने छोटो दुरीको मार्गको प्रगति र कामलाई अवरुद्ध गर्ने नियतवाट कसैको उक्साहटस्वरुप अर्थमन्त्रीजस्तो गरिमामय पदीय दायित्वमा रहेको मन्त्रीबाट आएको अभिव्यक्ति पूर्वाग्रही, सड्कीर्ण, जनभावनाविपरित, गैरजिम्मेवारपूर्ण, कानुन र वास्तविकता नबुझी गरिएको खेदजनक अभिव्यक्ति भएकोले उक्त अभिव्यक्ति सच्याउन र सम्पन्न हुन लागेको काममा सहयोग पुर्याउन र यस वहुवर्षीय सडक योजना नियमित हुन दिन आग्रह गर्दै यो विज्ञप्ती प्रकाशित गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।  

विज्ञप्ति

Comments

KATHMANDU WEATHER