Byroad News

Loading...

अध्यक्षमा उठ्ने भीम रावलको संकेत


अध्यक्षमा उठ्ने भीम रावलको संकेत

काठमाडौं/२४ कात्तिक
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गर्नु भएको छ । 

मंगलबार गृह जिल्ला अछाम पुग्नु भएका रावलले पार्टी एकता जोगाउन दशौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी दिने बताउनु भयो ।

साँफेबगर नगर कमिटीको बैठकमा रावलले भन्नुभयो, ‘तपाईंहरु जेमा उठ् भन्नु हुन्छ, त्यसैमा उठ्छु । यदि तपाईंहरुको पनि यहाँ केही छ भने भनिहाल्नुहोस् ।’ फ्लोरबाट आवाज आयो, ‘अध्यक्षमा ।’

यसपछि रावलले भन्नुभयो, ‘प्रस्तावै रहेछ । म यो आवाजलाई कमजोर हुन दिन्नँ ।’ उपाध्यक्ष रावलले हार्ने जित्नेको चिन्ता नगर्न पनि आग्रह गर्नु भयो । ‘यो दशौं राष्ट्रिय महाधिवेशनमा तपाईंहरुको स्वाभिमान, भावनालाई झण्डा चाहिँ बलियो गरी समात्छु । हार्ने जित्ने कुराको चिन्तै नगर्नुहोस्’, उहाँले भन्नुभयो ।

चुनावमा हारजित भइरहने उहाँको भनाइ थियो । ‘नहार्ने कोे छ ? केपी ओलीजी हारेको थिएन, हारेको थियो । केपी ओलीसँग एउटै प्यानलमा थिएँ, उहाँ अध्यक्षमा हार्नुभयो, म उपाध्यक्षमा’ उहाँले उदाहरण दिनुभयो, ‘केपी ओली झापामा हार्नुभएको छैन ? म संविधानसभामा हारेको हो । माधव नेपालले हारेको छैन काठमाडौंमा ।’

Comments

KATHMANDU WEATHER