काठमाडौं/२३ कात्तिक
मन्त्रिपरिषद्काे सोमबार बसेको बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले हालसालै बेमौसमी वर्षाबाट धान बालीमा भएको क्षेतीको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्विकृती गर्ने निर्णय गरेको छ ।
यसैगरी मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परीवारलाई राहत उपलब्ध गराउने, कुश्मामा ८०० केवी सवस्टेसन र जुम्ला सबस्टेशनका लागि जग्गा प्राप्ती गर्न स्विकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह सामूहीकरण तर्फ राजपत्रांकित विशीष्ट श्रेणीको पदमा नीरु दाहाल पाण्डेलाई वढुवा गर्ने, कीर्तिपुर नगरपालीका र चीनको हुह्याङ सहरबीच भगिनि सम्बन्ध कायम गर्न स्विकृत दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषद बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, डब्ल्यूएचओको जेनेभामा सञ्चालन हुने स्पेशल सेसन अफ द वल्ड हेल्थ एसेम्ली, डब्ल्यूएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments