हेटौंडा/२२ कात्तिक
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) विश्वासको मत लिँदै हुनुहुन्छ।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेस गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले जानकारी दिनुभयो ।
प्रस्ताव पेस भएसँगै मतदान पनि आजै हुन सक्ने लम्सालले बताउनु भयो ।
सोमबार ३ बजे संसद् बैठक छ। त्यहीँ बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस हुन्छ । सायद आज नै विश्वासको मतमाथि मतदान हुन्छ होला,’ उहाँले भन्नुभयो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।
यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लाग्नु भएको हो ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments