काठमाडौं/१८ कात्तिक
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसद्को निर्वाचन संविधानले तोकेकै समयमा हुने बताउनु भएको छ ।
बिहीबार नेकपा एकीकृत समाजवादी मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल सम्वत् ११४२ र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा नेपालले कसैले चाहँदैमा संघीय संसद्को निर्वाचन चाँडै नहुने बताउनु भएको हो ।
उहाँले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने भन्दै उक्त निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन वा टुटाउन नसक्ने पनि ठोकुवा गर्नु भएको छ ।
--प्रशासन
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments