Byroad News

Loading...

आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम लागू हुने


आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौं/१२ कात्तिक
आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ । 

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको छ । अर्को शैक्षिक सत्रदेखि कक्षा १० को बैठकले प्राविधिक शिक्षातर्फ कक्षा ११ देखि १२ सम्मका नयाँ पाठ्यक्रम स्वीकृत गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताउनु भयो । 

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको परिषद् बैठकले मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने निर्णय गरेको छ ।

बैठकले नेपालको संविधानमा मातृभाषाको व्यवस्था गरेअनुरुप थप अन्य मातृभाषाको पाठ्यक्रम पनि बन्न सक्ने र ऐच्छिक विषयको रुपमा पठनपाठन हुनसक्ने गरी व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले जापानी, कोरियन, चिनियाँ लगायतका विदेशी भाषाको पाठ्यक्रम पनि स्वीकृत गरेको केन्द्रले जनाएको छ ।

Comments

KATHMANDU WEATHER