हेटौंडा/१० कात्तिक
मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता विजयी हुनु भएको छ ।
उहाँ १ हजार २४६ मत प्राप्त गरी विजयी हुनु भएको हो । अर्का उम्मेदवार राजकुमार न्यौपानेले १ हजार १५५ मत मात्र प्राप्त गर्नु भएको छ ।
अध्यक्ष पदका लागि वाणिज्यको १ हजार ५१५ मत, उद्योगको ७५३ मत, एशोसिएटको ११६ मत, र वस्तुगत ३१ मत गरी २ हजार ४१५ मत खसेको थियो ।
Featured News
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments