Byroad News

Loading...

कोरोना महामारी अझै एक वर्ष रहने विज्ञहरुको घोषणा


कोरोना महामारी अझै एक वर्ष रहने विज्ञहरुको घोषणा

काठमाडौं/४ कात्तिक
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी अझै कम्तीमा एक वर्ष रहने जनाएको छ ।

संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहिरहने चेतावनी दिएका हुन् ।

विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नै महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उनको तर्क छ ।

डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप पाएका छन् ।

जबकि अन्य महादेशमा यो संख्या कम्तीमा ४० प्रतिशत माथि छ । यसको अर्थ सन् २०२२ भर पनि विश्वमा कोरोना महामारी रहिरहने देखिएको छ ।

विश्वका सम्पन्न तथा खोप उत्पादनमा अगाडि रहेका मुलुकहरुले गरिब देशहरुमा खोपको आपूर्ति नबढाउने हो भने कोरोना भाइरसमाथि जित हात पार्न नसकिने पनि डब्लुएचओको ठम्याई छ ।

Comments

KATHMANDU WEATHER