काठमाडौं/२५ असोज
हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्नु भएको छ । केही समयअघि उहाँले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको जानकारी समेत दिनु भएको थियो ।
गजुरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग वैबाहिक जीवनमा बाँधिनु भएको हो । सामाजिक सञ्जालमा विवाहको फोटो पोष्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै जानकारी समेत गराउनु भएको छ ।
उहाँले तीन वटा फोटो राख्दै बिबाहको बारेमा जानकारी
गराउनु भएको हो । परिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुबाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको गजुरेलले बताउनु भएको छ ।
उहाँको पहिलो विवाह मिना ढकालसँग भएको थियो। प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उहाँहरूबीच पारपारचुके भएको थियो।
उहाँहरूका एक छोरा र छोरी रहेका छन्।
Featured News
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments