थाहानगर/२३ असोज
निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहानगर समितिको अध्यक्षमा पुन: सुरेन्द्रमान प्रधान सर्वसम्मत चुनिनु भएको छ ।
शनिबार होटल पाइनसमा भएको नगर अधिवेशनले पालुङ भ्याली हार्ट एकेडेमीका संस्थापक प्रधानलाई नै पुन: अध्यक्षमा चुनिएको हो । अधिवेशनले उपाध्यक्षमा सरस्वती बिद्या मन्दिर बज्रबाराहीका प्रिन्सिपल सजिन श्रेष्ठ, सचिवमा हिमालयन इङ्लिस सेकेन्डरी बोडिङ स्कुलका संयोजक संगम कार्की, कोषाध्यक्षमा इअन इङ्लिस एकेडेमीका संस्थापक श्यामकृष्ण जोशीलाई चयन गरेको छ ।
अधिवेशनले सदस्यहरुमा पालुङ मोडर्न इङ्लिस मिडियम स्कुलका संस्थापक मनोज रायमाझी, दीपज्योति इङ्लिस स्कुलका संस्थापक रामशरण थापा, न्यु भिजन एकेडेमीका प्रिन्सिपल सुदर्शन कार्की, क्लिफ्टन एकेडेमीका संस्थापक रामकृष्ण बस्नेत र पालुङ अङ्ग्रेजी आवासीय माद्यामिक विद्यालयका संस्थापक सुशिल ओस्थीलाई चयन गरेको छ ।
अधिवेशनले आ.व. ०७६/०७७ को आयव्यय तथा सचिवको प्रतिवेशन पारित गर्दै अध्यक्ष प्रधानले प्रस्तुत गर्नु भएको आगामी नीति तथा कार्यक्रम पारित गर्दै ३ सदस्यीय कार्यदल गठन गरेको छ ।
नीति तथा कार्यक्रम अनुसार निकट भविष्यमा सबै संस्थागत बिद्यालयहरुको सामुहिक सहभागितामा कक्षा ६ देखि १२ कक्षासम्मको सुविधा सम्पन्न विद्यालय सञ्चालन गर्ने प्रस्तावमाथि कार्यदलले अध्ययन गर्नेछ । कार्यदलमा अध्यक्ष सुरेन्द्रमान प्रधान, मनोज रायमाझी र श्यामकृष्ण जोशी चुनिनु भएको छ । थाहानगरमा रहेका ९ वटा संस्थागत विद्यालयहरुमा करिव ३ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments